लकडाउनको आज ५९ औं दिनः अत्यावश्यक सेवा र पासबाहक सवारी मात्रै सञ्चालनमा
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ५९ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक–पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ ।
लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । अहिले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ ।
उपत्यकामा संक्रमण देखिन थालेपछि भित्री गल्लीहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपि धेरै ठाउँमा खाद्यान्न र तरकारी पसलहरु भने सञ्चालनमा रहेका छन् । प्रहरीले अनावश्यक रुपमा हिँडडुल गर्नेलाई कारवाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्र र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण