लकडाउनको आज ५९ औं दिनः अत्यावश्यक सेवा र पासबाहक सवारी मात्रै सञ्चालनमा
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ५९ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक–पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ ।
लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले पास वितरणमा पनि कडाई गरेको छ । अहिले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने नियम पनि लागू गरिएको छ ।
उपत्यकामा संक्रमण देखिन थालेपछि भित्री गल्लीहरुमा स्थानीयले प्रवेश निषेध गरेका छन् । यद्यपि धेरै ठाउँमा खाद्यान्न र तरकारी पसलहरु भने सञ्चालनमा रहेका छन् । प्रहरीले अनावश्यक रुपमा हिँडडुल गर्नेलाई कारवाही गर्ने गरेको छ । केही दिनअघि अत्यावश्यक सेवा, बैंकिङ क्षेत्र र उद्योगहरु सञ्चालन गर्ने निर्णय सरकारले गरेपनि संक्रमितको संख्या बढ्दै गएपछि पुनः लकडाउन कडा पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट
-
बागमती सहित यी पाँच प्रदेशमा वर्षा
-
बुटवलको नीति तथा कार्यक्रम : सीप तथा रोजगारमा विशेष जोड