पेरुमा कोरोना संक्रमित १ लाख, ३ हजारको मृत्यु
लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ भने तीन हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । गत अप्रिल ३० यता संक्रमित र मृत्यु हुनेको दर तीन गुणाले बढेको छ ।
भाइरस फैलिन नदिन पेरुमा नौ हप्तादेखि लकडाउन जारी छ, र यसबाट मुलुकको अर्थतन्त्र अत्यन्त नाजूक अवस्थामा पुगेको छ । पेरुको करिब ३ करोड २० लाख जनसंख्यामध्ये एक तिहाई बसोबास गर्ने लिमा र तटीय शहर कालाओमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् ।
पेरुका अस्पतालमा बिरामीको संख्या व्यापक रुपमा बढ्नुका साथै अस्पतालहरुमा स्वास्थ्य सामग्रीको चरम अभाव हुन थालेको छ । राजधानी लिमको उनानु अस्पतालमा कार्यरत नर्स मिगेल अर्मासले यहाँका अवस्था अहिले ‘हरर फिल्म’ (तर्साउने फिल्म) हेरेजस्तो देखिएको बताए ।
स्वास्थ्य मन्त्रालयले कोविड–१९ का बिरामी उपचारका लागि हाल ७ हजार ५०० व्यक्ति अस्पताल भर्ना भएको जनाएको छ । स्थानीयबासीले चिकित्सा सेवाको पर्याप्त व्यवस्था नहुँदा संक्रमितहरुको घरघरमै ज्यान गइरहेको गुनासो गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण