बलिउडमा डेब्यु अघि नै सामाजिक सञ्जालमा तहत्का मच्चाएका ‘स्टार किड्स’
मुम्बई – बलिउडका स्टार अभिनयबाहेक आफ्नो फेसन स्टाइलका कारणले समेत हमेशा चर्चाको बिषय बन्ने गरेका छन् । यी स्टारका केही सन्तान यस्ता पनि छन् । जो फेसन र स्टाइलको मामलामा आमाबुबा भन्दा एक कदम अगाडि देख्न सकिन्छ ।
उनीहरु आफ्नो ‘हट लुक्स’ तथा ‘फेसन सेन्स’का कारण अभिनयमा डेब्यु अगाडि नै तहल्का पिट्न सफल छन् । बलिउडका केही स्टाइलिस, फेसनेवल तथा हट लुक स्टार किड्स जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
सुहाना खान
अभिनेता शाहरुख खानकी छोरी सुहाना अहिलेसम्म बलिउड डेब्यु गरेकी त छैनन् । तर फेशन स्टाइलका कारणले उनले धेरै राम्रोलाई समेत पछि पर्ने गरेकी छन् । उनको तस्बिर सामाजिक संजालमा अक्सर भाइरल हुने गर्दछ । मानिसहरु उनको डेसिङसेन्सको तारिफ समेत गर्दछन् ।
न्यासा देवगन
अभिनेत्री काजोल र अभिनेता अजय देवगनकी छोरी न्यासा सार्वजनिक स्थलमा कमै देखिन्छिन् । तर जव उनी देखा पर्दछिन् । उनको फेसन स्टाइल कमालको हुने गर्दछ । उनको फेसनका राम्रा राम्राले समेत तारिफ गर्ने गर्दछन् ।
शनाया कपूर
संजय कपूरकी छोरी शनाया कपूर अहिले धेरै फलो गरिने स्टार किड्स मध्यकी एक हुन् । बलिउडमा डेब्यु नगरेपनि उनको शोशल मिडियामा हमेशा चर्चा हुने गरेको छ । उनको चर्चाको बिषय अभिनय र ड्रेसिङ स्टाइल बन्ने गरेका छन् । उनी अक्सर फ्लोर स्कर्ट, क्रोप टप र फलेयर्ड ड्रेस लगाउन रुचाउछिन् ।
खुशी कपूर
खुसी कपूर ड्रेसिङ स्टाइलका कारणले हमेशा चर्चामा छाउँछिन् । उनको फेशन सेन्स पनि निकै कमालको रहने गरेको छ । ट्रेडिशनल आउटफिट्स लेहंगा उनी धेरै मनपराउँछिन् । त्यसैले पनि कुनै पार्टी अथवा इभेन्टमा उनले इन्डियन अटायर प्रयोग गरेको देख्न सकिन्छ ।
अलना पाण्डे
अनन्य पाण्डेकी कजिन सिस्टर अलना पाण्डे एक कमालकी फेशन स्टाइलिश हुन् । उनले अहिलेसम्म बलिउड डेब्यु गरेकी छैनन् । तर सोसल मिडियामा मानिसहरुको इन्ट्रेस कुन कुरामा रहने गर्दछ भन्ने उनी पुरै जानकार छिन् । त्यसैले पनि उनी शोशल मिडियामा बोल्ड ड्रेसिङ सेन्स र वेकेशन आउटफिट्सका तस्बिर सार्वजनिक गर्ने गर्दछिन् । जसले सबैको मन छुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण