संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय
शुक्रबार, ०९ जेठ २०७७, १२ : ४९
काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभामा पेस गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको हो ।
नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने ठहरसहित यस्तो निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जनाकारी दिए ।
प्रधानमन्त्रीले गत मंगलबार संसदमा संविधान संशोधनका लागि प्रस्ताव ल्याइने बताएका थिए । अहिलेको निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश नभएकाले संविधान संशोधन गर्नुपर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण