‘शिक्षामा बजेट बढाऊ’
काठमाडौं । शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरुले समाजवादोन्मुख शिक्षाको स्थापनाका लागि उच्च प्राथमिकता दिइनुपर्ने जनाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र कार्कीले शिक्षामा समाजवादोन्मुख रुपान्तरणका लागि तल्लो तहबाट दबाब सिर्जना हुनुपर्ने बताए भने नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले उत्पादनमुखी र व्यावहारिक शिक्षाका लागि बजेट वृद्धि गर्न आग्रह गरे ।
प्रतिनिधिसभाका सदस्य डा.सूर्य पाठक र कृष्णभक्त पोखरेलले एउटा देशमा दुई खालका नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली अन्त्य गर्ने अहिले उपयुक्त अवसर भएको बताए । राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्माले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा शिक्षामा रुपान्तरण गराउन संसद्मा आवाज उठाइएको बताए ।
शिक्षाविद् डा.मनप्रसाद वाग्लेले विद्यालय क्षेत्र (जोइनिङ) गर्नुपर्ने, विषयगत शिक्षक थप्नुपर्ने, प्रारम्भिक बाल विकास र सूचना प्रविधिमा प्राथमिकता दिनुपर्ने जनाए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले संसद्ले पारित गरेका शिक्षा ऐनअनुसार प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको मूल प्रवाहमा समावेश नगरिएकामा चिन्ता व्यक्त गरे । सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले प्रारम्भिक बाल विकासका सहजकर्ता शिक्षक र निजी विद्यालयका शिक्षकहरुको सुविधा अन्त्यन्त न्यून भएकाले वृद्धि गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण