आइतबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । भने, नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको मध्य र पूर्वी भूभागहरुमा सामान्य बदली हुने र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ।
त्यस्तै, मध्य तथा पूर्वी पहाडी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा राति भने देशको पहाडी भूभागहरुमा सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ ।
यसैगरी, मध्य र पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण