संसारको सबैभन्दा गहिरो सुन खानीमा बन्द भयो काम
सोमबार, १२ जेठ २०७७, ०६ : ४३
कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो ।
एक महिना बन्द भएपछि यो खानीमा गत महिना मात्रै काम सुरु भएको थियो । कोरोनाभाइरसको फैलनबाट रोक्नका लागि देशमा मार्चमा लकडाउन गरिएको थियो । त्यतिबेला देशका सबै सुन खानीमा काम बन्द भएको थियो ।
अहिले पनि जुन संक्रमित भेटिएका छन्, उनीहरुमा कोरोनाका कुनै पनि लक्षण देखिएको छैन ।
कम्पनी एंग्लोगोल्ड अशान्तिका अनुसार सबैलाई आइसोलेशनमा राखिएको छ । कम्पनीले गत हप्ता कोरोनाको पहिलो संक्रमित भेटिएपछि ६५० कर्मचारीको परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण