चीनमा थप ५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित
एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ ।
सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना सङ्क्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । पूर्णरुपमा कोरोनाबाट सङ्क्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना बुहानका रहेका छन् ।
चीनमा अहिले कुल ३९६ जना यस्तै प्रकारका विरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । ती मध्ये ३२६ जना त वुहानमा मात्रै रहेका छन् । यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोनाभाइरसबाट सङ्क्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ ।
वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी सङ्क्रमित भएको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण