क्राइम पेट्रोलकी २५ वर्षीया कलाकार प्रेक्षाद्वारा आत्महत्या
टेलिभिजन कलाकार प्रेक्षा मेहताले सोमबार राती मध्यप्रदेशको इन्दोरस्थित आफ्नो घरमा आत्महत्या गरेकी छिन् । उनी २५ वर्षकी थिइन् ।
क्राइम पेट्रोलमार्फत् चर्चामा आएकी प्रेक्षालाई मंगलबार बिहान उनको कोठामा झुण्डिएको अवस्थामा भेटिएको हो ।
परिवारले उनलाई अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रेक्षा लकडाउन अघि मुम्बईबाट इन्दोर गएकी थिइन् र उनी पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण डिप्रेशनमा भएको अनुमान गरिन्छ । प्रेक्षाले सुसाइड नोट पनि छोडेको प्रहरीले जानकारी दिएको छ ।
‘हाम्रो प्रारम्भिक अनुसन्धानले उनले डिप्रेशनका कारण आत्महत्या गरेको हुनसक्ने देखाउँछ । हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं,’ हिरा नगर पुलिस स्टेशनका अफिसर इन्चार्ज राजिव भादोरियाले एनडीटिभीलाई बताए ।
प्रेक्षाको इन्स्टाग्राम अकाउन्टमा अन्तिम मेसेजले उनी मानसिक रुपमा विचलित भएको देखाउँछ । ‘सबैभन्दा खराब त सपना मर्दा महसुस हुन्छ’, उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन् ।
उनको अन्तिम तस्बिरमा थुप्रैले श्रद्धाञ्जली भन्दै कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण