ओपो अब स्मार्टफोनमा मात्र सिमित नरहने, आइइइईसँग मिलेर कम्प्युटर विज्ञानमा पनि अघि बढ्ने
शन्चन– ओपोले इन्ष्टिच्यूट अफ इलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स इन्जिनियरिङ(आइइई)सँग शैक्षिक आदान प्रदान र फाइभजी, एआई तथा बिग डाटा लगायत क्षेत्रमा मानक स्थापनार्थ सहकार्यका लागि रणनैतिक साझेदारीको घोषणा गरेको छ ।
यस नयाँ पहिचान र सहकार्यका साथमा ओपोले नव प्रबर्तनको क्षेत्रमा अझ गति लिँदै विश्वभरका उपभोक्तालाई फाइदा पु¥याउने लक्ष्य लिएको छ ।
१ सय ६० भन्दा धेरै देशमा ४ लाख सदस्य भन्दा बढी सदस्य सहितको आइइइई विश्वकै ठूलो प्राविधिक ब्यवसायिक संस्था हो । अद्वितिय प्रकाशन, सम्मेलन, प्राविधिक मानक, ब्यवसायिक तथा शैक्षिक कार्यका साथै आइइइई, एयरो स्पेस प्रणाली, कम्प्युटर्स, सञ्चार, बायो इन्जिनियरिङ, ईलेक्ट्रिक्स, कन्ज्यूमर ईलेक्ट्रोनिक्स्लगायत क्षेत्रमा आधिकारिक दख्खल राख्छ ।
ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्ष्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ‘फाइभजी यूगमा निहित असिमित अवसरलाई दृष्टिगत गर्दै ओपोले ईन्टेलिजेन्ट कनेक्सनको अवधारणा प्रस्ताव गरेको छ । हामी हाम्रो लगानी स्मार्टफोनमा मात्र सिमित नराखि सञ्चार सम्बद्ध वैज्ञानिक सोध, हार्डवेयर र कम्प्युटर विज्ञानमा पनि अघि बढ्ने छौँ । आइइइईसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । यस सहकार्यमार्फत आफ्ना उत्पादनमा थप अदृतिय प्रविधि तथा सेवा समाहित गर्दै विश्वभरका उपभोक्तालाई अझ चाँडै सुदृढ प्राविधिक अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ ।’
त्यसैलगरी आइइइई कम्प्युटर सोसाइटीका कार्यकारी निर्देशक मेलिस्सा रसलले आइइइई कम्प्युटर सोसाइटीद्वारा भर्खरै खुला गरेको कर्पोरेट पार्टनरशिप प्रोग्रामअन्तर्गत ओपोलाई आफ्नो पहिलो कर्पोरेट पार्टनरका रुपमा स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताए ।
ओपोेले आइइइर्ईसँग मानक निर्धारणका साथै शैक्षिक आदानप्रदान कार्यमा समेत सहकार्य गर्नेछ । आइइइईअन्तर्गतको मानक कमिटी डोमिनेन्ट आइइइई ८०२.११ सिरिज स्ट्यान्डर्ड फर वायरलेस नेटवर्क जस्ता विश्व भरका विभिन्न महत्वपूर्ण प्राविधिक मानकको अथर समेत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण