रणवीरसँग ‘ब्रेकअप’ को बारेमा कैटरीनाको यस्तो खुलासा
एजेन्सी - बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री कैटरीना कैफबीच केही समय चलेको प्रेम सम्बन्ध ‘जग्गा जासूस’ फिल्मको शुटिङपछि ब्रेकअप भएको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।
उनीहरुको सम्बन्ध विवाहको रुपमा परिणत हुने समेत चर्चा चलेको थियो भने उनीहरु एउटै घरमा समेत बस्न थालेका थिए । तर अन्ततः सम्बन्धमा पूर्णविराम लाग्यो ।
उनीहरुको सम्बन्ध किन टुट्यो भन्ने विषयमा लामो समयपछि कैटरीनाले खुलासा गरेक िछिन् ।
उनले भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भनेकी छिन्, ‘मलाई लाग्छ कुनै पनि कुराको दुई वटा पाटाहरु हुन्छन्ः सकारात्म र नकारात्मक । म अब आफ्नो विचार र सोचाईको तरिका चिन्न र बुझ्न सक्छु । र म त्यस्तो प्रकारको साथी बनाउन चाहान्न जोसँग निकै धेरै झुकाव महसुस गर्नु परोस् । र चाहिनेभन्दा बढी निर्भर रहनुपर्ने सम्बन्धमा रहन पनि चाहान्न । यो फिल्म उद्योग हो । र यो काम गर्ने ठाउँ हो । कहिलेकाँही व्यक्तिगत जीवन र व्यवसायिक जीवन मेल खान पुग्छ ।’
भारतीय सञ्चार माध्यमका अनुसार रणवीर र कैटरीनाले अब कुनै पनि फिल्ममा एक साथ काम गर्ने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण