हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग
काठमाडौं – सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उल्लेख गरिएको छ । त्यसैगरी पूर्व–पश्चिम राजमार्गलाई आगामी तीन वर्ष्भित्र एसियाली राजमार्ग मापदण्ड अनुरूपको डेडिकेटेड चार लेनको द्रुत मार्गका रूपमा स्तरोन्नति गरिने पनि उल्लेख गरिएको छ ।
उक्त राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड रुपियाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न एक खर्ब ३८ अर्ब ८० करोड रुपियाँ विनियोजन गरिएको छ ।
पुष्पलाल राजमार्गको बाँकी निर्माण कार्य आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यसका लागि आठ अर्ब २७ करोड विनियोजन गरिएको बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण