शाहरुख–सलमानले पनि बचाउन सकेनन् जसको डुब्दै गरेको करियर, थाहा पाउनुहोस् कहाँ छिन् प्रिया गिल
प्रिया गिल बलिउडकी एक यस्ता नायिका हुन् जसले काम त शाहरुख र सलमान खानजस्ता ठूला कलाकारसँग गरेकी छिन् तरपनि उनको करियरले खासै उडान लिन सकेन । प्रिया गिलले ‘सिर्फ तुम’ मा यति लोकप्रियता पाएकी थिइन् कि त्यतिबेला यस्तो लागेको थियो कि बलिउडमा अब उनकै उदीयमान हुनेछ, तर यस्तो हुन सकेन । ‘जोश’ र ‘तेरे मेरे सपने’ जस्ता फिल्ममा काम गरिसकेकी प्रिया गिल निकै लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन् ।
प्रिया सन् १९९५ मा मिस इन्डियाकी अन्तिम प्रतियोगीमध्येकी एक हुन् । फिल्म सिर्फ तुममा उनको अभिनयलाई निकै रुचाइएको थियो । उनलाई अन्तिम पटक फिल्म एलओसीमा देखिएको थियो ।
त्यसपछि केही समयसम्म उनले केही क्षेत्रीय फिल्ममा पनि काम गरिन् । प्रियाले भोजपुरी फिल्ममा पनि काम गरिन् ।
प्रियालाई ‘अपुन बोला तु मेरी लेला’, ‘सिर्फ तुम’, ‘ओ मारिया’ जस्ता गीतका लागि चिनिन्छ ।
प्रियाले शाहरुख खान र सुनिल शेट्टीसँग पनि काम गरेकी छिन् । फिल्म जोशमा उनले शाहरुखको अपोजिटमा काम गरेका थिए ।
प्रिया गिललाई आज बलिउड पूर्ण रुपमा बिर्सिसकेको छ । प्रिया सोसल मिडियाबाट पनि पूर्ण रुपमा टाढा छिन् । कसैलाई पनि थाहा छैन, उनी कहाँ छिन् । मानिसहरुले उनले विवाह गरेर भारतभन्दा कतै टाढा बसिरहेको हुनसक्ने अनुमान गरेका छन् । तर पनि उनको विवाहको कुनै खबर भने छैन । प्रिया बलिउडमा १० वर्षसम्म सक्रिय रहिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण