नयाँ संक्रमित देखिएपछि दक्षिण कोरियाद्वारा २ सय बढी स्कूल बन्द
दक्षिण कोरियामा कोरोनाका नयाँ संक्रमित भेटिएपछि सरकारले करिब २ सय ५१ विद्यालय बन्द गर्नुपरेको छ ।
संक्रमणको मामिलामा कमी आएपछि केही दिनअघि यहाँ बच्चाका लागि स्कूल खोलिएको थियो ।
सोलमा भएका संवाददाता लोरा विकरका अनुसारा पछिल्लो २४ घण्टामा यहाँ कोरोनाका ५६ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन ७९ संक्रमित भेटिएका थिए जो पछिल्लो दुई महिनामा सबैभन्दा धेरै हो ।
यीमध्ये धेरैजसो संक्रमित पश्चिम कोरियाको बूचनमा भएको एक डिस्ट्रिब्यूशन सेन्टरमा पाइएको छ । बूचन बाक्लो जनसंख्या भएको इलाका भएका कारण यहाँ अधिकारीको चिन्ता बढेको छ ।
बूचनमा देशको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी कूपांगको कार्यालय छ । अधिकारीका अनुसार कम्पनीले कोरोना संक्रमण फैलनबाट रोक्नका लागि आवश्यक सावधानी अपनाएको थिएन ।
स्वास्थ्य अधिकारीका अनुसार उनीहरुले कामदारको जुत्ता र कपडामा कोभिड–१९ भाइरसको केही निशाना भेटेका छन् । पूरा देशभरी यो सेन्टरका कर्मचारीको सम्पर्कमा आएका सबै व्यक्तिलाई ट्र्याक गरिँदैछ र उनीहरुको परीक्षण पनि गरिँदैछ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण