डब्ल्यूएचओले पुनः जारी गर्यो चेतावनी, ब्राजिलमा एकैदिन २६ हजार बढी संक्रमित भेटिए
जोन होप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् जसमध्ये तनी लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।
– विश्व स्वास्थ्य संगठनका अधिकारी डाक्टर डेबिड नबारोले कोरोनाभाइरसको अर्को एउटा झट्का लागि तयार रहनुपर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, कोरोना संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ, यसका लागि हामी तयार हुनुपर्छ ।’
–ब्राजिललाई ल्याटिन अमेरिकामा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो केन्द्र बताइएको छ । यहाँ पछिल्लो २४ घण्टामा कोभिड–१९ का २६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
– क्रोएशिया सरकारले १० युरोपेली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । सरकारले यो निर्णय आफ्नो देशको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि गरेको हो । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसमेत १० देशका मानिसहरु क्रोएशिया जान सक्छन् ।
– अमेरिकामा हालसम्म चार करोड जनताले बेरोजगारले पाउने भत्ताका लागि आवेदन दिएका छन् जसमध्ये २० लाखले पछिल्लो दुई हपतामा आवेदन दिएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण