कोरोना संक्रमणको संकटमा डुब्न थाले बस्ती
झापा – होचो ठाउँ कचनकवल गाउँपालिकामा विकासले बाटो लिँदै थियो। एकाएक कोरोना संक्रमणले एकपछि अर्को संकट थप्दै गाउँपालिकालाई थला पार्ने क्रम जारी छ। एक त तराई नै भए पनि दुर्गम बस्ती छन्। कतिपय स्थानमा बाटोघाटोसम्म छैन। वर्षायामले ढोका घच्घच्याउँदै गर्दा वडा नम्बर ५ का केही भाग र ४ को पाठामारी क्षेत्रका बस्ती डुब्न थालेका छन्।
‘गाउँपालिकाले पाठामारी क्षेत्रमा बनाउन लागेको बाँधका लागि छुट्ट्याएको बजेट पनि क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेका छौं’, गाउँपालिका उपाध्यक्ष निम्सरी राजवंशीले भनिन्, ‘अब बर्खा लाग्न सुरु भयो, कोरोनाको आतंक छ। कसरी व्यवस्थापन गर्ने भन्ने अलमलमा छौं।’
कचनकवल राजवंशी, मुस्लिम र आदिवासीको संख्या बढी भएको गाउँपालिका हो। यहाँका बासिन्दा अक्षर चिन्ने अवस्थामा पुगेपछि भारतका मुम्बई, दिल्ली, कोलकातालगायत ठाउँमा रोजगारीका लागि पुग्ने गर्छन्।
‘यति धेरै भारत गएका रहेछन् भन्ने कल्पना पनि थिएन’, गाउँपालिका अध्यक्ष अञ्जार आलमले भने, ‘भारतबाट दैनिक हुलका हुल भित्रिएका छन्। अभैm कति बाटोमा आउँदै छौं भन्छन्। आफ्नै गाउँका नागरिकलाई कसरी नआऊ भन्नु ?’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण