इलाममा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
शनिबार, १७ जेठ २०७७, १९ : ३७
इलाम – इलाम जिल्ला इलाम नगरपालिका–१ साखेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।
साँखेजुङमा रहेको सीटीईभीटीई कलेज नजिकै स्थानीयस्तरमा निर्माणका सामाग्री ढुवानी गर्न प्रयोग गरिँदै आएको मे १ त ४१०३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका–१ साँखेजुङ निवासी योगेश मगरको इलाम अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको साँखेजुङ–१ का वडाअध्यक्ष अम्बिका गौतमले पुष्टि गरे ।
दुर्घटनामा इलाम– १ साँखेजुङका आकाश राई र ठेगाना नखुलेका निमा शेर्पा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र इलाम अस्पतालमा उपचार भइरहेको वडाअध्यक्ष गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण