क्वारेन्टाइनभित्रै एक व्यक्तिले गरे आत्महत्या
शनिबार, १७ जेठ २०७७, २२ : ५१
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । क्यारेन्टाइनमा बसेका परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्काले पुष्टि गरेका छन् । ।
शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष (एसपी) खड्काले बताए । आत्महत्या गर्ने परियारको मानसिक सन्तुलन ठिक नभएको हल्ला बाहिर आएको छ, तर पुष्टि भएको छैन ।
अहिले त्यहाँका क्वारेन्टाइनमा कोहि फर्केर नजाने र केहो स्यवंसेवक खटाएर स्कुलमा कोचिएर राख्ने गरेको गुनासो सुनिन थालेको छ । यहाँका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि स्थानीय सरकार आफै गायब भएको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण