पुनः सोसल मिडियामा एक्टिभ भइन् जायरा वसीमः बताइन्, किन डिएक्टिभेट गरेकी थिइन् अकाउन्ट ?
अभिनेत्रीको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल जायरा वसिमले हालै कुरानसँग सम्बन्धित एउटा ट्वीट गरेकी थिइन् र यसलाई अल्लाहको कहर बताएकी थिइन् । त्यसपछि ट्रोल भएपछि उनले आफ्नो इन्स्टाग्राम र ट्वीटर अकाउन्ट डिएक्टिभेट गरेकी थिइन् । यद्यपि, एकदिन पछि नै जायराले सोसल मिडिया जोइन गरिन् र आफ्नो अकाउन्ट एक्टिभेट गरेकी छिन् ।
उनले सोसल मिडियामा फिर्ता हुँदै आफ्नो अकाउन्ट डिएक्टिभेट गर्ने कारण पनि बताइन् । उनले एक प्रयोगकर्ताको जवाफ दिँदै भनिन्, ‘किनभने अन्य व्यक्ति झैं म पनि मानिस नै हुँ । जब मेरो दिमाग वा म वरिपरिको हल्ला चर्को हुन्छ तब मलाई अन्य व्यक्तिलाई झैं केही कुराबाट ब्रेक लिने अनुमती छ ।’
यी प्रयोगकर्ताले अकाउन्ट किन डिएक्टिभेट गरेको भनेर प्रश्न सोधेका थिए । उनी सोसल मिडियामा फिर्ता भएपछि कतिले उनको स्वागत गरिरहेका छन् भने कतिले आलोचना गरिरहेका छन् ।
बलिउडबाट बिदा लिइसकेकी जायरा सोसल मिडियामा सक्रिय छिन् र उनी धेरैजसो धर्मसँग सम्बन्धित कुराहरु सेयर गरिरहन्छन् । स्मरण रहोस्, जायरा ‘द स्काई इज पिंक’ मा अन्तिम पटक देखिएकी थिइन् र उनले बलिउड छोडेको घोषणा सोसल मिडियामार्फत् दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण