रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइन्छः गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आज गृह मन्त्रालयमा रुकुम पश्चिमको घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघ–संस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिबद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे । उनले घटनाको सम्बन्धमा गृहमन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन सुरु गरिसकेको जानकारी दिँदै समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे ।
उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरि काम गर्न सचेत गराईएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको समेत खोजि कार्य जारी रहेको बताए । सो घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे छलफल भइरहेको प्रतिनिधि मण्डललाई जानकारी गराए । घटनाका सम्बन्धमा हिँजो बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पस्ट पारे । उनले जातिय उत्पीडनको अन्त्यका लागि आ-आफ्नो ठाउँबाट भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण