वीरेन्द्रनगरमा चौरजहारी घटनाको विरोध
सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्रनगरमा र्याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो । र्यालीपछि आयोजित कोणसभाका वक्ताले जातीय विभेदकै कारण उक्त घटना भएको बताए ।
निष्पक्षरुपमा घटनाको अनुसन्धान हुनेमा आशङ्का रहेको बताउँदै उनीहरुले छानबिनका लागि संसदीय समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गरे । ‘छोरी बचाउ अभियान’ का संयोजक सजना सुनारले जातकै कारण अन्तरजातीय पे्रमका नाममा दलित मारिनुपर्ने अवस्थाको अन्त्य कहिले हुने हो भनी प्रश्न गरे ।
राष्ट्रिय दलित पत्रकार सङ्घका कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनारले जातकै आधारमा प्रेममा बन्देज लगाउन सामूहिक हत्या गरिएको आरोप लगाए । ‘रुकुम पश्चिमको घटना इतिहासकै कालो दिन र दलित समुदायमाथिको जघन्य अपराधका रुपमा चित्रित भइरहनेछ’, उनले भने, ‘यो परिस्थिति निम्त्याउने सबैलाई कानूनी कठघरामा उभ्याउन सिङ्गो दलित समुदाय पुनःएकपटक जुर्मुराउन आवश्यक छ ।’ र्यालीमा विभिन्न पेशा व्यवसायमा आबद्ध दलित अगुवाको सहभागिता थियो ।
यही जेठ १० गते चौरजहारीको सोती गाउँमा भएको घटनामा पाँच जनाको मृत्यु हुनाका साथै एक जना बेपत्ता छन् । जाजरकोट, भेरी नगरपालिका रानागाउँका २१ वर्षीय नवराज विक रुकुम पश्चिममा पर्ने सोती गाउँकी मल्ल थरकी आफ्नो पे्रमिकाका घरमा सोही दिन अपराह्न साथीसहित पुगेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण