छोरीसँगको तस्विरका साथ कपिलले लेखे ‘स्टे होम’
सोमबार, १९ जेठ २०७७, १७ : ५२
मुम्बई । कोरोनाको कारण फिल्म तथा सिरियलको सुटिङ रोकिएको छ । यो समय स्टारहरु परिवारसँग समय बिताइरहेका छन् । प्रायः सुटिङमा व्यस्त रहने कमेडियन कपिल शर्मामा पनि यो लकडाउनको समय छोरी अनायरासँग समय बिताइरहेका छन् ।
हालै कपिलको छोरीसँगको केही तस्बिर बाहिर आएको छ । जसमा अनायराका साथ कपिल रमाइरहेको देख्न सकिन्छ, भने कपिलले हातमा एक किताव पनि लिएका छन् ।
केही तस्बिरमा अनायरा एक्लै पनि देख्न सकिन्छ । तस्बिरका साथ स्टे होमको म्यासेज पनि लेखिएको छ । तस्बिरमा अनायर निकै क्युट समेत देखिएकी छन् । फ्यानले यी तस्बिरहरु रुचाएका छन् ।
कपिलकी श्रीमती गिन्नीले गत १० डिसेम्बरमा अनायराको जन्म दिएको थिइन् । कपिल पछिल्लो समय धेरै जसो छोरीको साथको तस्बिर सार्वजनिक गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण