इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो ।
यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित कर्मचारीको सम्पर्कमा नभएको बताइएको छ ।
नेतन्याहू ७० वर्ष पुगिसकेका छन् । बयानमा जारी गरिएअनुसार परीक्षण चलिरहेको छ र संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुका लागि दिशानिर्देश जारी गरिनेछ ।
यसअघि दुई पटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाहकारमा संक्रमणको पुष्टि भएको थियो जबकि अप्रिलमा तत्कालीन स्वास्थ्यमन्त्रीको कोरोनाको परीक्षण गरिएको थियो, यद्यपि, उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
इजराइलमा हालसम्म कोरोनाका १७ हजार १ सय संक्रमित भेटिइसकेका छन् जबकि २८५ को मृत्यु भइसकेको छ । हालै संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण