कोरोनाभाइरसबाट पहिलोपटक रोहिङ्ग्या शरणार्थीको मृत्यु
मङ्गलबार, २० जेठ २०७७, १६ : २३
ढाका । बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार ती वृद्धको गत आइतबार निधन भएको हो । तर उनको स्वास्थ्य जाँचको रिपोर्ट सोमबार मात्र प्राप्त भएको थियो ।
ती वृद्ध कुटुपालोङ शिविरमा बस्थे । यस शिविरमा मात्र २९ जना रोहिङ्ग्यामा कोरोना पोजेटिभ देखिएको छ । म्यान्मारबाट भागेर बंगलादेश पुगेका रोहिङ्ग्याहरुलाई अस्थायी शिविरमा राखिएको छ ।
हाल शिविरमा करिब १० लाख शरणार्थी रोहिङ्ग्याहरु रहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण