क्रिकेटर हार्दिक पाण्ड्यासँग विवाह गरेकोमा नायिका नताशाका पूर्वप्रेमीले दिए यस्तो प्रतिक्रिया, अत्यधिक चर्चित
बलिउड नायिका नताशा स्टेनकोविचले भारतीय क्रिकेटरसँग इन्गेजमेन्ट तथा विवाहको घोषणामा बधाई दिनेको ताँती लाग्यो ।
वास्तवमा यो नव दम्पत्तिका लागि यो दोहोरो खुशीको मौका हो किनभने बलिउड नायिका गर्भवती छिन् । यतिबेला फिल्म इन्डष्ट्रि र क्रिकेट इन्डष्ट्रि दुबैतिरबाट लगातार बधाई पाइरहेका छन् । यसबीच नताशाका पूर्व–प्रेमीले पनि यस्तो मेसेज दिएका छन् जुन निकै चर्चित भएको छ ।
वास्तवमा, नताशाले सन् २०१४ देखि दुई वर्षसम्म एली गोनीलाई डेट गरेकी थिइन् । यी दुई सन् २०१९ को टिभी शो नच बलिएसम्म पनि सँगै थिए । सन् २०१९ सम्म नच बलिए चलिरहेकै बेला यी दुई अलग्गिएको खबर आएको थियो ।
त्यसको केही महिना पछि नै नताशाले क्रिकेटर हार्दिक पान्ड्यासँग इन्गेजमेन्ट गरेको खबर अचानक आयो । जब दुईले आफूहरुले विवाह गर्न लागेको बारे जानकारी दिए तब एलीले यो दम्पत्तिलाई बधाई दिँदै लेखे, ‘भगवानले तिम्रो रक्षा गरुन् साथीहरु ।’ साथै उनले हार्ट इमोजी पनि राखे । त्यसपछि नै मानिसहरुले यो कमेन्ट हेरेर विभिन्न प्रकारको प्रतिक्रिया दिन सुरु गरेका छन् ।
स्मरण रहोस्, बलिउड नायिका तथा डान्सर २७ वर्षकी नताशा मूल रुपमा सर्बियाकी हुन् । नच बलिए टिभी शोमा देखिँदा पान्ड्याले उनका लागि भोट अपिलसमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण