कोरोनाको उपचारका लागि निकै सस्तो औषधी इबुप्रोफेनमाथि परीक्षण, के भन्छ नतिजा ?
कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिको उपचारमा इबुप्रोफेनले मद्दत गर्न सक्ला त भनेर वैज्ञानिकले परीक्षण गरिरहेका छन् ।
लण्डनका दुई अस्पतालमा डाक्टरको समूहले ज्वरो र दुखाई कम गर्नका लागि प्रयोग हुँदै आएको यो औषधीले सास फेर्न समस्या हुनेहरुको उपचार गर्न सकिने कुरामा मान्यता राखेका छन् ।
लण्डनको गायज एन्ड सेन्ट थोमस अस्पताल र किङ्ग्स कलेजका डाक्टरले निकै सस्तो यो औषधीले बिरामीलाई भेन्टिलेटरबाट टाढा राख्न मद्दत गर्नसक्ने आशा राखेका छन् ।
परीक्षणको क्रममा आधाजसो कोरोनाका बिरामीलाई सामान्य उपचारका साथै इबुप्रोफेनको औषधी दिइँदैछ ।
यद्यपि, डाक्टरले साधारण रुपमा प्रयोग हुने इबुप्रोफेनको साटो यही औषधीको एक विशेष फर्मुलेशन ट्रायलको क्रममा प्रयोग गरिने बताएका छन् ।
जनावरमाथि गरिएको एक परीक्षणमा इबुप्रोफेनबाट एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमको सामना गरिरहेका बिरामीको स्थिती राम्रो हुनसक्ने नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरसका सबैभन्दा गम्भीर बिरामीमा यो समस्या प्रमुख हो ।
किङ्ग्स कलेजका डाक्टरको जो समूह यो अनुसन्धान प्रोजेक्टमा काम गरिरहेका छन्, त्यसमा प्राध्यापक मितल मेहता पनि समावेश छन् ।
यसबारे उनी भन्छन्, ‘हामीले जे आशा गरिरहेका छौं, त्यो वास्तविकतामा परिणत होस् भनेर हामीले ट्रायल गरिरहेका छौं ।’
केही समय अघि बेलायतको कमिशन अन ह्यूमन मेडिसिनले आफ्नो अनुसन्धानमा इबुप्रोफेन प्यारासिटामोलजस्तै सुरक्षित भएको बताएका थिए ।
महामारीको सुरुवाती समयमा इबुप्रोफेनको प्रयोगबारे चिन्ता व्यक्त गरिएको थियो । त्यतिबेला यसको नकारात्मक परिणाम हुनसक्ने बताइएको थियो ।
यो चिन्ता त्यतिबेला झन् बढ्यो जब फ्रान्सका स्वास्थ्यमन्त्री ओलिवर वेरानले इबुप्रोफेनजस्तो औषधीले संक्रमणको समस्यालाई थप बढाउन सक्छ भन्दै आफ्नो अभिव्यक्ति दिए ।
उनले बिरामीमा प्यारासिटामोलजस्ता औषधी प्रयोग गर्न सल्लाह दिएका थिए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
-
१० बजे १० समाचार : बालेनको ‘देश बनाउने टोली’ देखि ‘कोशी प्रदेशस्तरीय भेलाले कांग्रेसको इतर पक्ष उत्साहित’सम्म
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण