विदेशमा रहेका नेपालीलाई स्वागत गरौ– अभिनेत्री मिरुना
काठमाडौं । कोरोनाको कहरका बीच नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको छ । सरकारको यो निर्णयमा सर्वसाधारणले पक्ष विपक्षमा आफ्ना धारणा राखिरहेका छन् । यस्तैमा अभिनेत्री मिरुना मगरले भने सरकारले विदेशबाट ल्याउने आफ्नो नगरिकलाई स्वागत गर्नुपर्ने बताएकी छन् ।
अभिनेत्री मगरले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश शेयर गर्दै भनेकी छन् ‘हामी सबैलाई दुःख पर्दा आफ्नो आमा र आपत्त पर्दा आफ्नो देश अवश्य याद आउँछ ।’ अहिले आपत्तकालिन परिस्थितिमा हाम्रा नेपाली दाईभाई दिदीबहिनी नेपालको विभिन्न नाकाबाट आफ्नो देशभित्र प्रवेश गरिरहेको उल्लेख गर्दै मिरुनाले उनीहरुलाई रोकेर पीडा दिनुभन्दा मिलेर स–सम्मानका साथ स्वागत गर्नु राम्रो हुने बताएकी छिन् ।
मिरुनाले भारतलगायत बिभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने नेपालीमा कोरोनाको संक्रमण देखिए व्यवस्थित तरिकाले स्वदेशमै रहन दिन पनि समेत आग्रह गरेकी छन् । मिरुना अहिले लण्डनमै छिन् । सपरिवार लामो समयदेखि लण्डन बस्दै आएकी उनी चलचित्र अभिनयका सिलसिलामा पछिल्लो समय धेरै जसो नेपालमा बिताउने गर्दछिन् । कोरोना कहर सुरु हुनु केही अगाडि पनि उनी नेपालमै थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सको नामसँग जोडियो नचाहेको यो कीर्तिमान
-
लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपियो
-
सिल्करोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्दछ : तिमिल्सिना
-
विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउन नेतान्याहुको आदेश
-
सुनिल नारिनको कीर्तिमान तोडे जसप्रित बुमराहले
-
बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा