लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपियो
सारांश
- लेखा समितिमा परेका उजुरी छानबिन गर्न गठित कार्यदलको म्याद थप गरिएको छ।
- विभिन्न मन्त्रालय र क्षेत्रसँग सम्बन्धित उजुरी हेर्नका लागि छुट्टाछुट्टै कार्यदल गठन गरिएको थियो।
- कार्यदलले समयमै प्रतिवेदन नबुझाएपछि म्याद थप गरिएको हो।
काठमाडौँ । लेखा समितिमा परेका विभिन्न उजुरीमध्ये आफ्नो कार्यक्षेत्र रहेको भनेर सञ्जय गौतम नेतृत्वको उपसमितिले स्क्रिनिङ गरेका ४८ उजुरीउपर छानबिन गर्न बनेको कार्यदलको म्याद थप गरिएको छ । बिहीबार बसेको समिति बैठकले कार्यदलको म्याद एक महिना थप गर्ने निर्णय गरेको हो ।
समितिले चैत ७ गते विभिन्न उपसमिति बनाएको थियो । त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालय, गैरकानुनी बीमा, मोबाइल बैङ्किङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको छ ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत् प्राधिकरण तथा सहरी विकास मन्त्रालय सम्बद्ध उजुरीको छानबिनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको छ ।
सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ भने खेलकुद, नेपाल स्काउट र गैरकानुनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको छ ।
त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान ब्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ । सुरुमा १५ दिनका लागि भनेर तोकेको समयावधि यतिबेला २ महिना नाघिसकेको छ । तर, अहिलेसम्म कुनै कार्यदलले पनि प्रतिवेदन बुझाएका छैनन् ।
सोही कारण सभापति ऋषिकेश पोखरेलले कुनै कार्यदलले काम नगरेकोले कार्यदल विघटन गरेर पूर्ण समितिबाटै छलफल गरेर टुङ्गो लगाउनुपर्ने प्रस्ताव गरे पनि कार्यदलका संयोजकहरु समय थप गर्नुपर्ने पक्षमा देखिएपछि समय थप गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण