सिल्करोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्दछ : तिमिल्सिना

समाचार सारांश
- राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्ने बताएका छन् ।
- उनका अनुसार, बीआरआईको सहयोगले नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा बदल्न सक्छ, जसका लागि सरकारको दृढ इच्छाशक्ति आवश्यक छ।
- सिल्क रोड फोरमले नेपालको पर्यटन विकास र अन्तर्राष्ट्रिय पर्यटक प्रवाहमा सहयोग पुर्याउनेछ, साथै नेपाली उत्पादनको बजार विस्तारमा मद्दत गर्छ।
सियान । राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिल्करोड फोरमले नेपाललाई भौतिक र प्रविधिको विकासबाट आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्ने धारणा व्यक्त गरेका छन् ।
चीनको सियान सहरमा भइरहेको सिल्करोड फोरमको छैटाैँ श्रृङ्गखलालाई बिहीबार सम्बोधन गर्दै पूर्व अध्यक्ष तिमिल्सिनाले सिल्क रोड फोरमले आधारभूत संरचना, व्यापार, निवेश, संस्कृति र डिजिटल कनेक्टिभिटी जस्ता क्षेत्रहरूमा सहकार्यलाई प्रोत्साहन गर्ने भएकाले नेपालले भौतिक र प्रविधिको विकासबाट आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्ने धारणा व्यक्त गरेका हुन् ।
‘बीआरआईको सहयोगमा नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा परिणत गर्न सक्छ । यसका लागि नेपाल सरकारको दृढ इच्छाशक्ति, पारदर्शिता र दीर्घकालीन योजना हुनुपर्छ।’ उनले भने, ‘चीनसँग बढ्दो कनेक्टिभिटीले नेपाली उत्पादनहरूको बजार बिस्तार र पहुँचमा मद्दत पुग्दछ भने नेपालको पर्यटन विकास र प्रवर्द्धनमा सिल्करोडले अन्तर्राष्ट्रिय पर्यटक प्रवाहमा जोड्न सक्छ।’
उनले नेपालले दक्षिण एसिया र मध्य एसियासँग आफ्नो सहकार्य लाई गुणात्मक रूपले बढाउन सिल्करोड फोरमले सहयोग गर्ने बताउँदै नेपालले आफ्नो भौगोलिक अवस्थालाई अवसरमा परिणत गर्न नेपाल सरकारको दृढ इच्छाशक्ति ,पारदर्शिता र दीर्घकालीन योजना बनाउन जरुरी रहेको बताए ।
पूर्व अध्यक्ष तिमिल्सिनाले चीनले सिल्क रोड फोरमको महत्त्वपूर्ण प्लेटफर्म मार्फत बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसरहरू, नयाँ उपलब्धि र नयाँ ढाँचाहरू विश्वलाई प्रस्तुत गरेको चर्चा गर्दै त्यसले फोरममा आबद्ध देशहरूमा नीतिगत सञ्चार सुविधा,अन्तरसम्बन्ध, व्यापार, वित्त पोषण र जनताबिच सञ्चारको गहन एकीकरण र समन्वित विकासलाई प्रभावकारी रूपमा प्रवर्द्धन गरेको बताए ।
उनले फोरमले बेल्ट एन्ड रोड देशहरूबिच आपूर्ति शृङ्खला र औद्योगिक शृङ्खला एकीकरणलाई गहिरो गरी प्रवर्द्धन गर्नमा केन्द्रित हुनेछ र सांस्कृतिक आदानप्रदान,आर्थिक, व्यापार सहयोग, विज्ञान प्रविधि र शिक्षाका लागि एक व्यापक अन्तर्राष्ट्रिय सहयोग प्लेटफर्म निर्माण गर्न अधिकतम प्रयास गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको बद्री केसी समूहलाई झट्का दिनेगरी परराष्ट्रले पठायो सबै दूतावासलाई सर्कुलर
-
प्रिमियर लिग टिम अफ द सिजनः लिभरपुलका पाँच जना अटाउँदा सिटीबाट कोही परेनन्
-
१५ दिनभित्र रोयल्टी तथा आरटीडीएफको रकम तिर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन
-
बागमती प्रदेशसभा : पुनः संसद् छिर्यो विवादित चिट्ठा विधेयक
-
मनसुनजन्य विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई निर्देशन
-
बजेटमा सामाजिक सुरक्षा भत्ता : वर्ग, क्षेत्र र उमेर समूहमा वर्गीकरण गर्न प्रस्ताव