दिल्ली क्यापिटल्सको नामसँग जोडियो नचाहेको यो कीर्तिमान
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा दिल्ली क्यापिटल्स प्ले अफ चरणमा पुग्न असफल भएकाे छ ।
- मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो, जसले गर्दा दिल्ली उपाधि होडबाट बाहिरियो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा दिल्ली क्यापिटल्सको प्रदर्शन सन्तोषजनक रह्यो । तर, दिल्ली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न असफल भयो । बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हरायो ।
जितसँगै मुम्बई प्ले–अफ चरणमा पुग्ने चौथो टोली बन्यो भने दिल्ली उपाधि होडबाट बाहिरिन पुग्यो । वानखेड स्टेडियममा खेलिएको खेलमा मुम्बईले ब्याटिङ गर्दै पाँच विकेट गुमााएर एक सय ८० रन बनाएको थियो । दिल्लीले भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय २१ रनमात्र बनाउन सक्यो ।
उपाधि होडबाट बाहिरिएसँगै दिल्लीको नामसँग एउटा खराब कीर्तिमान पनि जोडिन पुग्यो । दिल्ली सिजनको सुरुवाती चारवटा खेल जितेर पनि प्ले–अफ चरणमा पुग्न नसक्ने पहिलो टोली बन्न पुग्यो । आईपीएलको इतिहासमा यसअघि सिजनको सुरुवाती चार खेल जित्ने सबै टोली कम्तिमा प्ले–अफ चरणसम्म पुग्ने गरेका थिए । दिल्ली क्यापिटल्सले १८औँ सिजनको उत्कृष्ट सुरुवात गरेको थियो ।
दिल्लीले १८ औँ सिजनको आफ्नो पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई एक विकेटले र दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । यसैगरी, दिल्लीले आफ्नो तेस्रो खेलमा चेन्नई सुपर किङ्सलाई २५ रनले पराजयको स्वाद चखाएको थियो । आफ्नो चौथो खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ६ विकेटले हराएको थियो ।
आफ्नो पाँचौँ खेलमा आएर दिल्ली क्यापिटल्सले पहिलो हार भोगेको थियो । आफ्नो पाँचौँ खेलमा दिल्ली क्यापिटल्सको टोली मुम्बई इन्डियन्ससँगै १२ रनले पराजित भएको थियो । त्यसैले यो सिजन दिल्लीलाई उपाधिको बलियो दाबेदारका रुपमा हेरिएको थियो । आधा प्रतियोगिता सकिँदासम्म पनि दिल्लीको टोली लयमा देखिएको थियो । त्यसपछि दिल्लीको लय बिग्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण