नवराज विक प्रकरणमा रेखा लेख्छिन्- ‘केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय मिल्ने हो ?’
काठमाडौं । पश्चिम रुकुममा केही पहिले घटेको नवराज विक प्रकरणको विषयमा कलाकारहरुले आ–आफ्नो विचार अहिले सार्वजनिक गरिरहेका छन् । यस्तैमा चर्चित अभिनेत्री रेखा थापाले पनि उक्त घटनाको दोषीलाई अबिलम्ब कारबाहीको माग गरेकी छन् । उनले जातको आधारमा अपराधिक क्रियाकलाप गर्नेलाई कानून बमोजिम सजाय दिनुपर्ने बताएकी हुन् ।
रेखाले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै घटनामा जोडिएकी किशोरी सुष्मा मल्ल ठकुरीको बचाउ गर्दै सामाजिक सञ्जालमा उनको चरित्र हत्या गर्ने र नारी अस्मिताको धज्जी उडाउने खालको गतिविधि भइरहेकोमा दुःख व्यक्त गरेकी छन् ।
‘समाज विरुद्द अन्तर्जातिय प्रेम विवाह गर्ने साहास भएकी बालिकाको चरित्र हत्या गरेर न्याय हुन्छ त ?’ उनले भनेकी छन् ‘दोषीलाई कानुनी कारबाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ति बजारमा लिलामी गर्नुपर्ने ?’
उनले नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो भनेर प्रश्न समेत उठाएकी छन् । ‘दोषी वा निर्दाेष किटान हुनुपूर्व मानसिक पीडा र प्रताडना दिएको कारण ती किशोरीले नदीमा हाम फालेमा कसले जवाफ दिन्छ ?’ रेखाको लामो स्टाटसमा अगाडि लेखेकी छन् ‘यो नबिर्सौं कि एउटा किशोरीको जीवन बर्बाद पारेर न्याय पाउने हो भने कुनै पनि छोरीले भोलि कसैलाई माया गर्ने छैन ।’
सामाजिक भन्दा महिलाको मुद्दामा हरहमेसा आवाज बुलन्द गर्दै आएकी रेखाले फिल्ममार्फत पनि महिलाको आवाज उठाउँदै आएकी छन् । बाल बिवाहबिरुद्ध समेत अभियान चलाइरहेकी रेखाको विचारलाई धेरैले मन पराएर प्रतिक्रिया समेत जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण