‘वादा रहा सनम’ जस्ता गीत लेखेका वरिष्ठ भारतीय गीतकार अनवर सागरको निधन
अक्षय कुमार स्टारर ‘खिलाडी’ मा वादा रहा सनमजस्ता गीत लेख्ने वरिष्ठ गीतकार अनवर सागरको बुधबार निधन भएको छ । मुम्बईको कोकिलाबेन अस्पतालमा डाक्टरका अनुसार उनलाई अस्पताल ल्याउँदासम्म उनको मृत्यु भइसकेको बताए । उनी लगभग ७० वर्षका थिए ।
दिवंगत अनवर सागरका छोरा सुल्तान सागरले बिहान स्वास्थ्य खराब भएपछि उनलाई सुजोय, मोर्डन, क्रिटी केयरजस्ता थुप्रै अस्पतालमा लगिएको तर कसैले पनि ठाउँ खाली नभएको भन्दै उपचार गर्न अस्विकार गरेको बताए । पछि उनलाई कोकिलाबेन धीरुभाई अम्बानी अस्पताल पुर्याएको र त्यतिबेलासम्म उनको धड्कन बन्द भएको र हृदयघातका कारण मृत्यु भएको उनले बताए । उनलाई बुधबार १२ बजे मृत घोषणा गरियो ।
गायक तथा इन्डियन पर्फर्मिङ राइट सोसाइटीका बोर्ड सदस्य सैयद अहमदले अनवर सागर लामो समयदेखि मुटुरोग सम्बन्धि रोगसँग जुधिरहेको बताए । उनका श्रीमती र दुई सन्तान छन् ।
८० र ९० को दशकमा लेखे फिल्मी गीतः
अनवरले ८० र ९० को दशकमा डेविड धवनको याराना, ज्याकी श्रोफकी सपने साजन के, अक्षय कुमारको खिलाडी र मै खिलाडी तू अनाडी र अजय देवगनकी विजयपथका लागि गीत लेखे । उनले खिलाडी फिल्मको गीत वादा रहा सनमले इन्डष्ट्रिमा भिन्न पहिचान दिलायो । यो गीत अक्षय र आयशा जुल्कामाथि छायांकन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण