भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली भित्रिए
भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताए ।
उनले भने, “लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पु¥याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुप¥यो ।”
उनले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताए ।
सो काम जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै नागरिकलाई सहयोग पु¥याउने जिम्मेवारी आउँदा कतिपय काम सोचेजस्तो हुन नसकेको उनले जानकारी दिए ।
“एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन”, उनले भने, “तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौँ, भागेनौँ, निरन्तर काममा लागिरहेका छौँ”, नगरप्रमुख आचार्यले प्रदेश नं १ मा रहेको पिसीआर परीक्षण गर्ने तीन प्रयोगशालामध्ये एउटा बिग्रिएकाले रिर्पोट आउन ढिला हुँदा समस्या भइरहेको बताए ।
लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था नरहेको बताउँदै कतिपय नागरिकलाई सम्बन्धित जिल्लाकै क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गर्ने भन्दै पठाउनुपर्ने बाध्यतासमेत रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण