राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने
बिहीबार, २२ जेठ २०७७, १६ : २३
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको बैठक र भ्रमणभत्ता नलिने बताएका छन् । सङ्घीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामा आज सो सम्बन्धी पत्र लेख्दै राष्ट्रियसभाको बैठकभत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने जानकारी गराएका हुन् ।
पत्रमा उहाँले मुलुक कोरोना भाइरस सङ्क्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने जनाएका छन् । उनले उक्त भत्ता सरकारको राजश्व खातामा जम्मा गरिदिनसमेत पत्रमा अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण