कोरोना बीमाको योजना स्थगित, बिक्री भएको बीमालेख के हुन्छ ?
काठमाडौं । कोरोना भाइरस संक्रमितको उपचारका लागि भन्दै ल्याइएको कोरोना बीमा स्थगित भएको छ । नेपाल बीमा संघको अनुरोधमा बीमा समितिले यो बीमा लेख तत्कालका लागि बिक्री रोक्ने निर्णय गरेको हो । समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमक संघको अनुरोधमा बीमालेख बिक्रीलाई तत्कालको लागि रोक्ने निर्णय भएको जानकारी दिए ।
‘उहाँहरुले जोखिम धेरै भयो, बीमालेख बन्द गर्नुपर्यो भन्नुभएको थियो । हामीले तत्कालको लागि स्थगित गर्न भनेका छौं । यो बीमालेख बन्द भएको होइन, मोडालिटी परिवर्तन गर्न स्थगित मात्रै गरेका हौं’ पौडेलले भने,‘पछि फेरि खुला हुन पनि सक्छ ।’ उनले नयाँ बीमालेख बिक्री स्थगित भए पनि बिक्री भइसकेको बीमालेख कायमै रहने बताए । पौडेलले भने,‘बिक्री भइसकेको बीमालेख खारेज भएको होइन, उहाँहरुको जोखिम बहन हुन्छ ।’
बुधबारसम्म कोरोना बीमालेख अन्तर्गत ३ लाख ७ हजार जनाले आफ्नो बीमा गराइसकेका छन् । सोे बीमालेख बिक्रीबाट १६ करोड ८७ लाख ३६ हजार रुपैंया बीमा प्रिमियम संकलन भएको छ । प्रतिव्यक्ति १ लाखका दरमा भुक्तानी दिँदा यो १६ सय ८७ व्यक्तिका लागि मात्रै भुक्तानी गर्न पुग्ने रकम हो । जबकि अहिले पीसीआरको संक्रमित संख्या २६०० नाघिसकेको छ ।
नेपाल बीमक संघका महासचिवकी क्षेत्रीले ३ लाख जना भन्दा बढी बीमितको संख्या बढ्दै गएको अवस्थामा पुनर्बीमा ग्यारेन्टी बिना यही मोडलमा बीमालेख सञ्चालन गर्न गाह्रो हुने भएकोले बीमा समितिलाई पोलिसी स्थगित गर्न अनुरोध गरेर पठाएको जानकारी दिए ।, उनले समितिबाट पोलिसी स्थगित गर्ने सहमति प्राप्त भइसकेको समेत बताए ।
‘हामी भोलिदेखि पोलिसी बेच्दैनौं तर बेचिएका पोलिसीको जोखिम कभरेज गर्छौं । यति जोखिम कभरेज गर्न हाम्रो पुलले धान्छ’ सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले भने,‘सरकारकै कार्यक्रमको भएकोले उहाँहरुले नयाँ कार्य विधि बनाउनुभयो भने फेरि सञ्चालनमा आउन पनि सक्छ ।’
अहिले सो बीमालेख बीमा पुलमार्फत् सञ्चालन भइरहेको छ । यसमा २० प्रतिशत जोखिम नेपाल पुनर्बीमा कम्पनीले व्यहोर्छ । बाँकी ८० प्रतिशतमध्ये २० निर्जीवन बीमा कम्पनीले प्रत्येकले ४÷४ प्रतिशत जोखिम व्यहोर्नेगरी पुल सञ्चालन भएको थियो ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
