तुल्सीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स ब्राउनसुगरसहित नियन्त्रणमा
दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एम्वुलेन्स नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१च ३८९ नम्बरको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका–१३ बडहरा निबासी २३ वर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थापा रहेका छन् ।
प्रहरीले युवायुवतीको साथबाट करिब ६.७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । उनीहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको प्रहरीले तस्रोतले बतायो । यता, प्रहरीले भने यो विषयमा कुनै प्रतिकृया दिन चाहेन् । योसहित तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगरसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण