सोमालियामा बाढीका कारण २९ को मृत्यु , १० लाख प्रभावित
एजेन्सी । सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ । अप्रिलदेखि अहिलेसम्म आएका बाढीका कारण २९ जनाको मृत्यु भएको र करिब १० लाख सोमालियाली नागरिक प्रभावित बनेको राष्ट्रसंघीय निकायले बताएको हो ।
सोमालियाका विभिन्न २९ जिल्लामा बाढीका कारण चार लाख १८ हजार व्यक्ति विस्थापित बनेका छन् मानवीय सहयोगका विस्थापितसम्म राहत र पालहरू लिएर पुग्नका लागि राष्ट्रसंघको प्रयास निरन्तर रहेको बताइएको छ । ठूलो वर्षापछि हजारौँ हेक्टर जमिनमा लगाएको बाली बाढीले पुरेको वा बगाएको छ भने यसका कारण सोमालियाका बाढी प्रभावित क्षेत्रमा खाद्य सङ्कट बढेको ओसीएचएको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रसंघ मानवीय सहयोग निकायहरू वर्षा र बाढीका कारण भएका विनाशकारी असरलाई कम गर्न दुई लाख ५५ हजार मानिसका लागि खाद्यान्न, औषधि तथा अतिआवश्यकीय मानवीय सहयोगसहित घटनास्थलमा पुगेका छन् ।
‘सहयोगमा खाद्यान्न, सफा पिउने पानी, आकस्मिक बासस्थान, पोषण र औषधीजन्य सामग्रीको आपूर्ति भएको छ’ उक्त संस्थाले बताएको छ । राष्ट्रसंघीय निकायका अनुसार सोमालियामा वार्षिक वर्षाको औसत ७५ प्रतिशत मात्रा अप्रिलदेखि जुन महिनामा हुने भएकोले यो समयमा बढी वर्षा हुने र बाढी आउने र वस्तीहरू डुवानमा पर्ने गर्दछन् । वर्षाका कारण आफ्नो जीविकोपार्जनको एकमात्र उपाय मान्ने कृषिमा आश्रित समुदायहरू बढी प्रभावित हुने गर्छन् । विश्वव्यापी महामारीसँग जुझिरहेका सोमालियाली नागरिकलाई बाढी र डुबानले थप सङ्कटग्रस्त बनाएको छ । Photo: nnn news nigeria
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण