हात्तीको मृत्युः पक्राउ अभियुक्तले भने, ‘विस्फोटक नरिवलमा थियो, भुइँकटहरमा होइन’
केरलमा गर्भवती हात्तीको मृत्युको मामिलामा केरल प्रहरी तथा वन विभागका अधिकारीको संयुक्त समूहले एक व्यक्तिलाई पक्राउ गरेको छ । एक प्रहरी अधिकारीले यसबारे पुष्टि गर्दै अन्य दुई व्यक्तिको पनि खोजी जारी रहेको जानकारी दिए ।
प्रहरी अधिकारी जी सिवाविक्रमले बीबीसीसँगको कुरानीमा अभियुक्त रबरको खेतीमा मजदुरी गर्ने जानकारी दिए । हात्तीमाथि किन यस्तो गरियो यसबारे हालसम्म पत्ता लाग्न नसकेको र यसबारे अनुसन्धान जारी भएको उनले बताए ।
अभियुक्तलाई एकदिन अघि सोधपुछका लागि हिरासतमा लिइएको थियो र शुक्रबार उनलाई पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान गरिरहेका अधिकारीका अनुसार यो मामिलामा दुई संदिग्ध अभियुक्तलाई सोधपुछपछि छोडिएको र एक व्यक्तिलाई सोधपुछका लागि हिरासतमा राखिएको थियो ।
प्रहरी अधिकारीले भने, ‘अभियुक्तले बिस्फोटक भुइँकटहरमा नभई नरिवलमा राखिएको जानकारी दिए । उनको नाम विल्सन हो ।’
यद्यपि, प्रहरीले यो नै अभियुक्त वास्तविक नाम हो होइन भनेर स्पष्ट गरेनन् ।
सिवाविक्रमले भने, ‘जनावरलाई खेतबाट टाढा राख्नका लागि यो क्षेत्रमा यी व्यक्तिहरुका लागि यस्ता हर्कत निकै साधारण हो ।’
केरलका मुख्य वाइल्डलाइफ वार्डन आईएफएस सुरेन्द्र कुमारले बीबीसीसँगको कुराकानीमा भने, ‘यस्तो लागिरहेको छ कि विस्फोटक राख्नुको मुख्य उद्देश्य जंगली सुँगुरललाई खेतबाट टाढा राख्नु थियो । यद्यपि, अन्य दुई अभियुक्तको गिरफ्तारीपछि नै स्थिती थप स्पष्ट हुनेछ ।’
उनले भने, ‘अन्य दुई अभियुक्त पक्राउ भएपछि मात्रै बिस्फोटकका लागि नरिवलको प्रयोग गरिएको थियो वा भुइँकटर भन्नेबारे पनि थाहा हुनेछ । तीमध्ये एक फरार छन् । त्यहि फरार व्यक्तिले नै फलमा बिस्फोटक भरेर त्यहाँ राखेको बताइन्छ ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
