अधिकारीलाई चप्पलले कुटिरहेको बिजेपी नेतृको भिडियो भाइरल
हरियाणा भारतीय जनता पार्टीकी नेता सोनाली फोगाटको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ, यसमा उनी एक व्यक्तिलाई चप्पलले कुटिरहेको देख्न सकिन्छ । टिकटक स्टार सोनाली फोगाटले गत वर्ष राजनीतिमा कदम राखेकी थिइन् र बिजेपीमा प्रवेश गरेकी थिइन् ।
उनले हरियाणा विधानसभा चुनावमा आदमपुर सीटबाट कांग्रेस कुलदीप विश्नोईविरुद्ध चुनाव लडेकी थिइन् । यद्यपि, चुनावी मैदानमा उनी विश्नोईसँग पराजित भएकी थिइन् । पिटाई खाने व्यक्ति हिसार मार्केट कमिटीका सचिव हुन् ।
सोनाली खाद्यान्न बजार किसानका केही समस्या लिएर उनलाई भेट्न गएकी थिइन् ।
भिडियोमा देखिएअनुसार उनको ती अधिकारीसँग बहस भयो त्यसपछि उनी अधिकारीलाई चप्पलले कुट्न थाल्छिन् ।
अधिकारीले आफूले अह्राएजति सबै काम गरिरहेको भनेर नेतृलाई जानकारी दिएको पनि सुन्न सकिन्छ ।
भिडियोमा सोनालीले आफूमाथि दुर्व्यवहारपूर्ण तरिकाले बोलेको भन्दै रिस पोखेको पनि देख्न सकिन्छ ।
यहाँ रोचक कुरा के छ भने त्यहाँ एक प्रहरी अधिकारी पनि उभिएको देख्न सकिन्छ जसले सोनालीलाई एकपटक पनि रोक्न कोसिस गर्दैनन् ।
कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले यो भिडियो ट्वीट गर्दै मनोहर लाल खट्टर सरकारमाथि आरोप लगाएका छन् ।
उनले प्रश्न सोधेका छन्, ‘के हरियाणाका कर्मचारी बिजेपी नेतामार्फत् अपमानित हुन र थप्पड–चप्पल खानका लागि हुन् ? के हरियाणाका कर्मचारी भाजपाका नोकर हुन् ? के कर्मचारी जनावर हुन् ? कारवाही कहिले गर्नेछौ ?’
सोनाली फोगाट विधानसभा चुनावका बेला पनि चर्चामा आएकी थिइन् । उनको चुनावी प्रचारको क्रममा थुप्रै चर्चा विवादमा तानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण