क्वारेन्टिनमा एकको मृत्यु
शनिबार, २४ जेठ २०७७, ११ : ५१
खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।
गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा उनको मृत्यु भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।
झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ ।
मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा
-
हत्या आरोपमा एकै घरका तीन जना पक्राउ
-
१०८ धाराले थप आकर्षक बन्दै रामधुनी मन्दिर
-
दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा
-
१६ वर्ष लामो खडेरी समाप्त: २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण