स्टन्टम्यान अक्षयकुमारलाई स्टार बनाउने त्यो ‘खिलाडी’
अक्षयकुमार आज बलिउडकै ठूलो स्टार हुन् । तर कुनै समय यस्तो थियो जतिबेला उनी फिल्ममा केवल स्टन्टम्यान र साइड डान्सरको काम गर्थे । यसपछि अक्षय अभिनित सौगन्ध र दिदार प्रदर्शनमा आए । अनि, आयो ‘खिलाडी’, जसले तेक्वान्दोका ब्ल्याक बेल्ट अक्षयलाई नयाँ उचाइ दियो ।
यस फिल्मको सफलतासँग अक्षयलाई बलिउडका ‘खिलाडी’ समेत भनियो । बिहीबार यो फिल्म प्रदर्शनमा आएको २८ वर्ष पुगेको अवसरमा निर्देशक अब्बास–मस्तानले ट्वीट गरेर अक्षयलाई यसको याद दिलाए ।
अब्बास–मस्तानले यस ट्वीटमा अक्षयसँगको आफ्नो एउटा फोटो पनि राखेका छन् । उनले लेखेकाका छन्, ‘डियर अक्षय आज खिलाडी रिलिज भएको २८ वर्ष पुरा भएको छ । हाम्रो यो पहिलो सहकार्य थियो, पूरै टिमलाई याद गर्छु, विशेषगरी जोनी लिवर भाइलाई ।’
Dear @akshaykumar,
— Abbas Mustan (@theabbasmustan) June 5, 2020
Today it’s 28 years since the release of Khiladi, our first film together. Feeling nostalgic. Remembering the entire team specially @iamjohnylever bhai 🌹🌹🤗🤗❤️❤️ pic.twitter.com/wdkiQPirCB
मस्तानको ट्वीटको जवाफ फर्काउदै अक्षयले लेखेका छन् । ‘अब्बास–मस्तान भाई म यसलाई कसरी भुल्न सक्छु । मेरा लागि यो फिल्म थिएन, बरु मेरो करियरको सुरुआती कोशेढुंगा थियो । यो उपाधि (खिलाडी) जो आज मेरो नामको पर्याय बनेको छ, यसका लागि धन्यवाद ।’
खिलाडी फिल्म शृंखला यति सफल भयो कि यसका ७ वटा सिक्वेल बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण