भक्तपुरमा मिनिट्रक दुर्घटना, चालकको मृत्यु
भक्तपुर । मिनिट्रक दुर्घटना हुँदा भक्तपुरमा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार राती १० बजे चागुँनारायण न.पा. वडा नं. ३ कालीखोला स्थित कालीघाटमा व्यासीबाट झौखेलतर्फ जादै गरेको महाशक्ति इँटा भट्टाको मिनिट्रक दुर्घटनामा परेको थियो ।
महानगरीय प्रहरी प्रभाग ब्यासीबाट खटिएको मोबाइल गस्तीको टोलीले गाडीले नै च्यापिएको अवस्थामा रहेका लाछिवाको क्रेनको सहयोगमा निकालिएको प्रहरीेले जानकारी दिएको छ ।
क्रेनको सहयोगमा गम्भीर घाईते भएका लाछिवालाई डा. ईवामुरा अस्पताल सल्लाघारी पु¥याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी परिसरका सूचना अधिकारी डीएसपी गिरीले बताए ।
चालकको लापरवाही तरिकाले तीब्र गतिमा सवारी चलाउदा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण