घरको बरन्डाबाट खसेर १ जनाको मृत्यु
सोमबार, २६ जेठ २०७७, १६ : ५८
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बरण्डाबाट खसेर एकजनाको मृत्यु भएको छ ।
आफ्नै घरको बरन्डामा तीनमहिने नातिलाई खेलाइरहेका अवस्थामा रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते शिशुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणको कार्य भइरहेको र परीक्षणपछि आफन्तालाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण