अफगानिस्तानको आन्तरिक वार्ता दोहामा हुने
एजेन्सी । अफगानिस्तानको सरकारी पक्ष र तालिवान विद्रोही पक्षबीच वार्ता हुने भएको छ । टोलो न्यूजका अनुसार वार्ता हुने निश्चित गरिएपनि मिति भने तय भइनसकेको अधिकारीहरुले जनाएका छन् ।
वार्ता हुनु अगाडि सरकारले पाँच हजार तालिवान कैदीहरुलाई जेलमुक्त गर्ने सहमति जनाइसकेको छ । तालिवान विद्रोही समूहको विश्वस्त श्रोत र सरकारी पक्षको श्रोतले दिएको आधारमा समाचार सम्प्रेषण गरिएको टोलो न्यूजले उल्लेख गरेको छ ।
‘यस प्रक्रियाका लागि अफगानिस्तान सरकारले महत्वपूर्ण कदम चालेको छ, वार्ताका लागि अफगानी सरकारको टोली तयारी अवस्थामा रहेको छ’ राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीलाई समाचारमा उद्धृत गरिएको छ ।
आफुहरु राष्ट्रिय हितलाई मध्यनजर गर्दै शान्ति वार्ताका लागि बलियोसँग उभिन तयार रहेको पनि उनको भनाइ छ । अहिलेसम्म अफगानिस्तान सरकारले दुई हजार ७०० तालिवानी कैदीहरुलाई रिहा गरेको छ भने तालिवानी पक्षले ४५८ जना सरकरी पक्षका मान्छेहरुलाई रिहा गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण