कोरोना महामारीमा एनसीएचएलको झन्डै ३ करोडको सहयोग
काठमाडौं— नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई सहयोग गर्ने हेतुले २ करोड ९१ लाख २० हजार भन्दा बढि सहयोग गरेको छ ।
एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर आफ्नो प्लेटफर्ममार्फत क्राउड फन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पु¥याएको छ ।
कोभिड—१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई पश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एनसीएचएल–इसीसी, एसीएचएल–आइपीएस, कनेक्ट आइपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवाहरु प्रवाह गर्दै आएकोमा लकडाउन शुरु भएदेखि नै यी सम्पूर्ण भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आइरहेको छ ।
यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले २३ करोड ४ लाख ९ हजार २ सय ४३ रुपैयाँ भन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । कनेक्ट आइपीएस प्रणालीमा ‘डोनेट फर कज’का रुपमा समावेश गरी सोबाट हालसम्म नेपाल सरकारको कोरोनाभाइरस नियन्त्रण र उपचार कोषका लागि रु ४० लाख १९ हजार ४ सय ४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ ।
यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा रु १७लाख सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १—१लाख सहयोग प्रदान गरेको छ ।
सर्वसाधारण र व्यवसायहरु वर्तमान महमारीको स्थितिबाट निकै प्रभावित छन् र यस्तो अवस्थामा कारोबार शुल्क मात्र आम्दानीको मुख्य श्रोत भएता पनि एनसीएचएलले लकडाउन भएदेखि नै डिजिटल भुक्तानीका लागि अनुकूल वातावरण प्रदान गर्दै बैंकिङ्ख क्षेत्र र सर्वसाधारणलाई थप सहयोग गर्न यसरी कारोबार शुल्क मिनाहा गर्र्ने निर्णय लिएको हो र एनसीएचएल महामारी विरुद्धको लडाईमा सम्भव भएजति सबै तरिकाले थप सहयोग पुर्याउन प्रतिबद्ध रहेको छ ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु लागू र संचालन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजी लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण