सर्वोच्च अदालतको आदेशपछि ब्राजिलले हटाएको आँकडा पुनः जोड्यो
ब्राजिलले कोरोना भाइरस संक्रमित र कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पुनः जोडेको छ । मंगलबार सर्वोच्च अदालतले सरकारलाई आँकडाको सन्दर्भमा आदेश जारी गरेको थियो ।
करिब दुई दिनअघि ब्राजिलको स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटबाट कोरोना बिरामीको संख्यासँग जोडिएको थुप्रै पाना हटाइएको थियो । जसका कारण ब्राजिलको अत्यधिक आलोचना भइरहेको थियो । ब्राजिलको स्वास्थ्य विभागले आँकडालाई हटाउँदै अब आफूहरुले संक्रमणको कूल आँकडा जारी नगर्ने स्पष्ट पारेको थियो ।
तर मंगलबार देशको सर्वोच्च अदालतले मन्त्रालयलाई पुनः आँकडा जोड्न आदेश दिएका थिए । सर्वोच्च अदालतका न्यायाधीसले आदेश सुनाउँदै सरकारको यो कदमले कोरोनाभाइरसको निगरानी पूर्ण रुपमा असम्भव गरिदिएको बताएका थिए ।
यसका साथै विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमितको आँकडाको विषयमा ब्राजिललाई पारदर्शिता अपनाउन अपिल गरेको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण