आत्महत्या होइन, मातेको अवस्थामा खस्दा भयो सुशान्त सिंहकी पूर्व म्यानेजरको मृत्यु
बलिउड सेलिब्रिटी म्यानेजर दिशा सलियनको निकै अग्लो भवनबाट खसेका कारण निधन भएको छ । सुरुमा यसलाई आत्महत्याको संज्ञा दिइएको थियो तर अब प्रहरीका अनुसार उनी मातेको अवस्थामा दुर्घटनावश अग्लो भवनबाट खसेका कारण उनको मृत्यु भएको हो । घटना मंगलबार सबेरैको हो ।
प्रहरीका अनुसार दिशा सलियन आफ्ना आमा–बुवासँग दादरमा बिस्थन् । उनी सोमबार राती आफ्ना केही साथीसहित मलाड पुगेकी थिइन् । उनीहरु सबै १२ तल्लामा बस्ने नायक रोशन रोयको फ्ल्याटमा पुगे । यतिबेला जम्मा ६ व्यक्ति समावेश थिए र डिनर गरेपछि उनीहरु रक्सी पिइरहेका थिए । दिशा सलियन मातेको अवस्थामा थिइन् र उनी झ्यालतिर गइन् । नशामा रहेकी दिशा सबेरै १ बजे झ्यालबाट खसेका कारण उनको मृत्यु भयो ।
प्रहरीका अनुसार दिशाका साथीहरुले लगभग बिहान साढे दुई बजे प्रहरीलाई घटनाबारे जानकारी दिए । घटनास्थल पुग्दा दिशा रगतले लत्पत्तिएको प्रहरीले बताए । उनलाई नजिकैको अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो । पछि उनको शवलाई कांदिवलीको शताब्दि अस्पतालमा पोस्टमार्टमका लागि पठाइयो । दिशाको शवबाट लिइएको नमूना कोरोना भाइरस परीक्षणका लागि पनि पठाइयो ।
प्रहरीका अनुसार दिशाको परिवारलाई कुनै पनि षड्यन्त्र र हत्याको शंका छैन । यद्यपि, दिशा केहि समयदेखि आफ्नो कामको विषयमा चिन्तित हुने गरेको उनको परिवारले प्रहरीलाई जानकारी दिए । प्रहरीले दिशा नशामा भएका कारण यो आत्महत्या हो कि दुर्घटना भनेर यकिन गरेर भन्न नसकिने बताए ।
स्मरण रहोस्, दिशा बलिउडका थुप्रै म्यानेजमेन्ट र पब्लिक रिलेशन फर्ममा काम गरिसकेकी छिन् । उनी सुशान्त सिहं राजपूतबाहेक वरुण शर्मा र भारती सिंहकी पनि म्यानेजर थिइन् । वरुण शर्माले उनको अचानक भएको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
स्रोतः नवभारत टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण