जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित
टोकियो । जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।
कोरोना महामारीका कारण जापानमा उपभोक्ताको खर्चमा कमी आएपछि मुलुकको अर्थतन्त्र नै मन्दीमा जाने खतरा रहेको छ । सन् २०१५ यता पहिलोपटक जापानको अर्थतन्त्रमा मन्दी देखिन थालेको सरकारी र अन्य प्रक्षेपणले देखाएका छन् ।
पछिल्लो बजेटमा साना व्यवसायीलाई अनुदानको व्यवस्था गर्नुका साथै स्वास्थ्यकर्मीलाई नगद वितरण पनि समेटिएको छ । यो बजेट माथिल्लो सदनबाट पारित भएपछि यही शुक्रबारदेखि कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ ।
बजेटले वित्तीय उद्धार कार्यक्रम र संघर्षरत व्यवसायलाई ऋण उपलब्ध गराउनेतर्फ पनि ध्यान दिएको छ ।
जापानमा मंगलबारसम्म कोरोनाभाइरसबाट १७ हजार २५१ जना संक्रमित हुनुका साथै ९१९ जनाको मृत्यु भएको छ । तर देशभित्र कोरोनाभाइरसको संक्रमण बढेको भन्दै प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन स्थितिको घोषणा गर्नु भएको थियो । तर कोरोनाभाइरस प्रसारमा कमी आएसँगै गत महिना प्रधानमन्त्री आबेले उक्त घोषणा फिर्ता लिनु भएको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण