गर्भवती हात्ती १४ दिनदेखि भोकै, भोक र पीडाले छट्पटाएर गाउँ डुल्थ्यो
भारतको केरलास्थित कोल्लम जिल्लाबाट केही दिनअघि मानवीयतालाई नै चुनौती दिने खबर आयो – गर्भवती हात्तीको हत्या । केही व्यक्तिहरुले भुइँकटरमा बिस्फोटक पदार्थ राखिदिएका थिए, निर्दोष हात्तीले त्यसलाई खायो । अनि, तीन दिनसम्म पानीमा डुबेर बसेको यो हात्तीले अन्ततः पीडा सहन नसकेर त्यही प्राण त्याग ग¥योे ।
मृत्युपछि नै यो रहस्य बाहिर आयो कि हात्तीको पेटमा बच्चा थियो । अनि, बिस्फोटक पदार्थ खाएपछि यो हात्ती मुखमा घाउ भएर म¥यो । भर्खरै सार्वजनिक भएको पोस्टमार्टम रिपोर्टअनुसार बिस्फोटक पदार्थले मुख नै क्षतिग्रस्त भएपछि मर्नुअघि यो हात्तीले १४ दिनदेखि केही खाएको थिएन ।
मुख र दाँत क्षतिग्रस्त भएपछि हात्ती निकै पीडामा थियो र खानसक्ने अवस्था नै थिएन । भोक–प्यासबाट हैरान भएर उसले कैयौंपटक गाउँको चक्कर लगाएको थियो । एक अधिकारीका अनुसार अत्यधिक पीडाका बाबजुद पनि उसले कसैलाई क्षति पु¥याएन । कुनै घर कुल्चिएन । यसैबाट यो हात्ती कति असल थियो भन्ने बुझिन्छ ।
एकै महिनामा केरलामा हात्तीको हत्या भएको यो दोस्रो घटना थियो । त्यसअघि पनि यसरी नै एक हात्ती बिस्फोटक पदार्थ खाएर मारिएको थियो । हत्या आरोपमा अहिले प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अझै २ जना फरार छन् । पक्राउ परेकाहरुले भालु र बदेंलका लागि आफुहरुले बिस्फोटक पदार्थ राखेको र भुलवस हात्तीले खाएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण