नायिका महिमा चौधरीले सम्झिइन् त्यो भयानक दुर्घटनाः मेरो अनुहारबाट ६७ वटा सिसाको टुक्रा निकालिएको थियो
शाहरुख खान स्टारर फिल्म ‘परदेश’ र सञ्जय दत्तको फिल्म ‘दागः द फायर’ बाट चर्चामा आएकी नायिका महिमा चौधरीले आफ्नो सफल करियरलाई ब्रेक लगाउनु परेको कारण बारे कुराकानी गरेकी छिन् ।
महिमाले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा त्यो दुर्घटनाबारे कुराकानी गरेकी छिन् जुन अजय देवगन र काजोल स्टारर फिल्म ‘दिल क्या करे’ को सुटिङका बेला भएको थियो ।
‘म अजय देवगन र काजोलको होम प्रोडक्सन फिल्म ‘दिल क्या करे ’ मा काम गरिरहेको थिएँ । त्यतिबेला बेंगलुरुस्थित स्टुडियो जानमा लागि बाटोमा थिएँ । मेरो कारलाई एउटा ट्रकले ठक्कर दिएपछि भयानक दुर्घटना भयो । कारको सिसा मेरो अनुहारभरी छिर्यो । म त्यतिबेला मर्छु जस्तो लागेको थियो । अस्पताल पुर्याउन कसैले पनि मद्दत गरेनन् । अस्पताल पुगेको धेरै समयपछि मात्रै मेरी आमा र अजय आउनुभयो । उठेर अनुहार हेर्दा म तर्सिएँ । जब डाक्टरहरुले अनुहारको शल्यक्रिया गरे, ६७ सिसाको टुक्रा निकाले,’ महिमाले पिंकभिल्लासँग भनिन् ।
उक्त दुर्घटनाका कारण थुप्रै फिल्म हातबाट गुमेको उनले बताइन् । यद्यपि, पछि उनले क्रमशः गेस्ट अपियरेन्सको रुपमा पर्दामा फिर्ता हुन थालिन् । ‘हो, त्यतिबेला मानिसहरुले महिमा कहाँ हराइन् पनि भन्न थालेका थिए । म लुकिरहेकी थिए । परिवारको साथ र सहयोगमा मैले पुनः बाहिर निस्कने आँट गरेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण